८ मंसिर २०८३, सोमबार | Mon Nov 23 2026

नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स: नयाँ प्याकेज लिने ग्राहकलाई १००० रुपैयाँ छुट

https://www.muktinathbank.com.np/online/loan-application

१५ असोज, काठमाडौं। नेपाल टेलिकमले एनटी फाइबरमार्फत उपलब्ध गराइरहेको टेलिभिजन सेवा एनटीटीभी अन्तर्गत स्मार्ट टीभी प्रयोगकर्ताहरुले सेट टप बक्स बिना नै सेवा प्रयोग गर्न सक्ने भएका छन्।कम्पनीले आज (असोज १५) देखि हाललाई एन्ड्रोइड टीभीको लागि भर्चुअल सेट–टप बक्स उपलब्ध गराएको छ ।

ग्राहकहरुले आफ्नो एन्ड्रोइडमा आधारित स्मार्ट टीभीमा यो भर्चुअल सेट–टप बक्स प्रयोग गर्न सक्नु हुनेछ । ग्राहकहरुले गुगल प्लेस्टोरमा ‘स्मार्ट एनटीटीभी’ सर्च गरेर इन्स्टल गरी भर्चुअल सेट–टप बक्स प्रयोग गर्न सक्नु हुनेछ । साथै, निकट भविष्यमा सबै स्मार्ट टीभीहरुमा प्रयोग गर्न मिल्ने भर्चुअल सेट–टप बक्स सञ्चालनमा ल्याउने तयारी गरिएको छ । उक्त सेवा थप ग्राहकमैत्री हुने गरी विकास गरिएको छ ।

नयाँ प्याकेज लिने ग्राहकले भर्चुअल सेट–टप बक्स सहितको प्याकेज लिएमा रु. १००० छुट उपलब्ध हुने व्यवस्था गरिएको छ । नेपाल टेलिकमको एनटी फाइबरमार्फत एउटै तारबाट टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा प्रदान गर्दै आएको छ । भर्चुअल सेट–टप बक्स सहितको टेलिभिजन प्रयोग गर्नका लागि कम्पनीले विभिन्न प्याकेज उपलब्ध गराएको छ । वार्षिक र दुई वर्षे प्याकेजहरुमा मोबाइल डाटा सुविधा समेत उपलब्ध छ ।

यस सम्बन्धी विस्तृत जानकारी कम्पनीको वेबसाइट र ‘नेपाल टेलिकम’ एपमार्फत समेत लिन सकिन्छ ।

प्रकाशित मिति : October 1, 2026 at 5:44 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/