१५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026

सानिमा बैंकको सञ्चालकमा महेश घिमिरे र तेज बहादुर चन्द निर्वाचित

१५ असोज, काठमाडौं।  सानिमा बैंक लिमिटेडको सञ्चालकमा दुई जना निर्विरोध निर्वाचित भएका छन् । असोज १२ गते सम्पन्न बैंकको २२औं वार्षिक साधारणसभाबाट सञ्चालकमा तेज बहादुर चन्द र महेश घिमिरे  निर्विरोध निर्वाचित भएका हुन् ।

बैंकका अनुसार उक्त साधारणसभाबाट सर्वसाधारण सेयरधनीको तर्फबाट आगामी चार बर्षका लागि उनीहरूलाई निर्वाचित गरिएको हो । यस्तै, साधारणसभाले बैंकको आर्थिक वर्ष २०८३/८४ को लेखापरीक्षणका लागि काठमाडौंस्थित एस.ए.आर. एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई बाह्य लेखापरीक्षकमा नियुक्त गरेको छ।

प्रकाशित मिति : October 1, 2026 at 4:31 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/