बिहिबार प्रतितोला कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
१५ असोज, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । बुधबार प्रतितोला दुई हजार आठ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९३ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ।

बुधबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। यस्तै, बिहीबार चाँदीको मूल्य स्थिर छ । बुधबार प्रतितोला चार हजार चार सय २५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
प्रकाशित मिति : October 1, 2026 at 11:20 am






