२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

दार्चुलाको राताकाठा भीरमा जिप दुर्घटना, ८ जनाको मृत्यु, केही वेपत्ता

१७ फागुन, काठमाडाैँ । दार्चुला तिङ्कर सडक खण्डअन्तर्गत राताकाठा भीरमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य केही वेपत्ता भएका छन । सदरमुकाम खलङ्गाबाट हिकिला गइरहेको म१ज २८० नंको जीप महाकाली नदीमा खसेको हो ।

जीप दुर्घटनामा परी मानवीय क्षति भए पनि सङ्ख्या यकिन हुन सकेको छैन । जीप चालक दीपकसिंह धामी घाइते भएका छन् । घाइतेलाई गाडीमार्फत अस्पताल पठाइएको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक भीमबहादुर चन्दले बताएका छन ।

राति ८ बजे जीप दुर्घटना भएको स्थानीयवासी हिक्मतबहादुर वमले बताउनुभयो । चार दिनअघि सोही क्षेत्रमा पहिरोमा परी एक जनाको ज्यान गएको थियो । पहिरो गएको क्षेत्रबाटै जीप दुर्घटना भएको हो । जीप झण्डै ५०० मिटर तल महाकाली नदीमा खसेको छ । घटनास्थल सदरमुकाम खलङ्गाबाट सात किलोमिटर उत्तरमा पर्छ ।

प्रकाशित मिति : 22:07