१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सेवा अब बबरमहलबाट

१७ फागुन, काठमाडौँ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सचिवालय नयाँ बानेश्वरबाट दिइँदै आएको सेवा अब बबरमहलबाट प्रदान गरिने भएको छ । बबहरमहलमा रहेको नेपाल औषधि लिमिटेडको भवनबाट सेवा प्रदान गरिने बोर्डले जनाएको छ । बोर्डले एक सार्वजनिक सूचना जारी गरेरै सरोकारवाला सबैलाई बबरमहलस्थित सचिवालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले कार्यलय बबरमहल सरेसँगै सेवाग्राहीलाई सेवा लिन सहज हुने बताउनुभयो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलाय र वैदेशिक रोजगार विभागसँगको समन्वयका लागि सहज वातावारण निर्माण भएको उहाँले बताउनुभयो ।

बोर्डले यसअघि नयाँँ बानेश्वरस्थित एक निजी घरबाट सेवा प्रदान गर्दै आएको थियो । बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारका परिवारलाई आर्थिक सहायता, बिरामी एवं अङ्गभङ्ग भएकालाई उपचार खर्च, विदेशमा अलपत्र परेका शव स्वदेश ल्याउन सहयोग, विभिन्न कारणबाट रोजगारदाता मुलुकमा अलपत्र परेका नेपालीको उद्धार र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : March 1, 2019 at 9:47 pm