१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

गहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले ५१ हजार ६२४ कित्ता संस्थापक सेयर बिक्री गर्ने

१४ असोज, काठमाडौं। गहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ। कम्पनीका एक जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको संस्थापक समूहको ५१ हजार ६२४ कित्ता सेयर बिक्री गर्न निवेदन दिएपछि कम्पनीले उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीका लागि ३५ दिने सूचना जारी गरेको हो।

 प्रचलित ऐन–कानुन तथा नेपाल राष्ट्र बैंकको नीति तथा निर्देशनबमोजिम उक्त सेयर खरिद गर्न इच्छुक कम्पनीका हाल कायम संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र निवेदन दिनुपर्नेछ।

इच्छुक संस्थापक सेयरधनीले आफूले खरिद गर्न चाहेको सेयर कित्ताको विवरण खुलाएर कम्पनीको केन्द्रीय कार्यालय, हरिहरभवन, पुल्चोक, ललितपुरमा निवेदन पेस गर्नुपर्नेछ। सातै, तोकिएको समयभित्र उक्त सेयर खरिदका लागि कुनै पनि संस्थापक सेयरधनीबाट निवेदन प्राप्त नभएमा प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकको नीति तथा निर्देशनबमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : September 30, 2026 at 9:34 am