१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

नेप्सेमा दुई बैंकको सेयरमूल्य समायोजन

१३ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नबिल बैंक लिमिटेड र गरिमा विकास बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । दुवै बैंकले बोनस सेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले बैंकहरुको मूल्य समायोजन गरेको हो ।

नबिल बैंकको ५ प्रतिशत र गरिमा विकास बैंकको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरिएको छ। नबिल बैंकको अघिल्लो कारोबार मूल्य ५६६ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरेकाे छ । समायोजनपछि बैंककाे मूल्य ५३९ रुपैयाँ ५ पैसा कायम गरिएको छ।

त्यस्तै, गरिमा विकास बैंकको अघिल्लो कारोबार मूल्य ४५६ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरेकाे छ । समायोजित मूल्य ४१४ रुपैयाँ ५५ पैसा कायम भएको छ। यही समायोजित मूल्यलाई आधार मानेर बुधबारदेखि दोस्रो बजारमा गरिमा विकास बैंकको कारोबार खुल्नेछ।

प्रकाशित मिति : September 29, 2026 at 4:34 pm