१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

नबिल बैंकको १ लाख ३३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

१३ असोज, काठमाडौं । नबिल बैंक लिमिटेडको १ लाख ३३ हजार ६०८ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। बैंकका एक संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको उक्त सेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले बिक्री प्रक्रिया अघि बढाएको हो।

संस्थापक सेयर बिक्री गर्दा बैंकका विद्यमान संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्थाअनुसार हाललाई उनीहरूबाट खरिद आवेदन माग गरिएको हो। बैंकका अनुसार उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, तिनधारा, विनामार्ग, दरबारमार्ग, काठमाडौँस्थित कम्पनी सचिवको कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ।

साथै, तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट उक्त सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेमा प्रचलित कानुनी व्यवस्थाअनुसार उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

प्रकाशित मिति : September 29, 2026 at 2:05 pm