१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

कर्तव्य ज्यान मुद्दाका २० वर्ष कैद तोकिएका फरार कैदी पक्राउ

१३ असोज, काठमाडौँ। कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भई कैद भुक्तान गरिरहेका अवस्थामा फरार भएका ६० वर्षीय राजकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका वडा नं. ९ स्थायी ठेगाना भएका श्रेष्ठ २०६५ कात्तिक ११ गतेदेखि सुन्धारास्थित कारागार कार्यालय जगन्नाथदेवलमा कैद भुक्तान गरिरहेका थिए।

उनी २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट फरार भएका थिए। कारागारबाट भागेपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा लुकीछिपी बसिरहेको भन्ने विशेष सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौँको भीमसेनगोलाबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका श्रेष्ठलाई कैद भुक्तानका लागि पुनः कारागार कार्यालय सुन्धारामा पेस गरिएको छ।

प्रकाशित मिति : September 29, 2026 at 1:06 pm