१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

तोलामै ३८ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१३ असोज, काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। यस दिन सुन तोलामा तीन हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला ११५ रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ९४ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

त्यस्तै, यस दिन चाँदी प्रतितोला चार हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला चार हजार ५१० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : September 29, 2026 at 11:13 am