लाभांश प्रस्ताव पारित गर्दै सानिमा बैंकको वार्षिक साधारणसभा सम्पन्न, दुई सञ्चालक निर्विरोध निर्वाचित
१३ असोज, काठमाडौं। सानिमा बैंक लिमिटेडको २२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सभाले सञ्चालक समितिले प्रस्ताव गरेको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म कायम साधारण सेयर पुँजीको १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो। त्यस्तै, अग्राधिकार सेयर पुँजीतर्फ ८.२५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पनि पारित भएको बैंकले जनाएको छ ।

साधारणसभाबाट सर्वसाधारण सेयरधनीहरुको तर्फबाट तेज बहादुर चन्द र महेश घिमिरे संचालकमा निर्विरोध निर्वाचित भएका छन् । यस्तै, साधारणसभाले बैंकको आर्थिक वर्ष २०८३/८४ को लेखापरीक्षणका लागि काठमाडौंस्थित एस.ए.आर. एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई बाह्य लेखापरीक्षकमा नियुक्त गरेको छ।
प्रकाशित मिति : September 29, 2026 at 10:30 am




