राष्ट्रपतिसहित विशिष्ट व्यक्तिहरू इन्द्रजात्रा अवलोकन गर्न वसन्तपुरमा
९ असोज, काठमाडौं । काठमाडौंमा आज इन्द्रजात्राको मुख्य दिनका अवसरमा वसन्तपुर दरबार क्षेत्रमा विभिन्न विशिष्ट अतिथि तथा विदेशी पाहुनाहरूको उपस्थिति रहेको छ । इन्द्रजात्रा अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति, नेपाल सरकारका मन्त्रीहरू, सभामुख, सांसद तथा काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुखलगायत विशिष्ट व्यक्तिहरू वसन्तपुर पुगेका छन् ।

राष्ट्रपति पौडेलले परम्पराअनुसार वसन्तपुरस्थित गद्दी बैठकबाट जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा अवलोकन गर्ने कार्यक्रम रहेको छ।
प्रकाशित मिति : September 25, 2026 at 4:11 pm




