पर्यटनमन्त्री अधिकारीको अन्त्येष्टिमा उर्लियो जनसागर (भिडियोसहित)
१७ फागुन, पोखरा । हेलिकप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शव यात्रा र अन्त्येष्टिमा जनसागर देखिएको छ । पोखराको प्रदर्शनी केन्द्रबाट शुरु भएको शव यात्रामा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, भूमी व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्याल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, नेकपाका सचिवालय सदस्य योगेश भट्टराईलगायत पार्टीका हजारौँ कार्यकर्ताका साथै सर्वसाधारणको सहभागिता रहेको थियो ।

शव यात्राका सहभागीले पार्टीको झुकाइएको झण्डा बोकेका थिए । आफ्ना प्रिय नेतालाई गुमाएको पीडाले सबैको अनुहार निराश र भावविव्हल देखिएको थियो । पोखराको प्रदर्शनी केन्द्रबाट शुरु भएको शव यात्रा नयाँ बजार, महेन्द्रपुल, रानीपौवा र गीता मन्दिर मार्ग हुँदै रामघाटमा पुगी अन्त्येष्टिमा परिणत भएको थियो । मन्त्री अधिकारीको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, छोराहरु विराज र स्वराज अधिकारीले दागवत्ति दिएका थिए ।
भिडियो हेर्नुहोस्




प्रकाशित मिति : 20:46









