सुनको मूल्य घट्यो, शुक्रबार प्रतितोला कति पुग्यो ?
९ असोज, काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। यस दिन सुन तोलामा ५०० रुपैयाँ र चाँदी तोलामा ३० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार ६०० रुपैयाँ खरिदबिक्री भएको छ। बिहीबार सुन प्रतितोला दुई लाख ९९ हजार १०० रुपैयाँ खरिदबिक्री भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ६२० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला चार हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति : September 25, 2026 at 11:07 am




