दुई कम्पनीको सेयरमूल्य समायोजन
८ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । यस दिन नेप्सेमा कालिञ्चोक दर्शन र माछापुच्छ्रे बैंकको सेयरमूल्य समायोजन भएको हो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन कालिञ्चोक दर्शनको ८.५० प्रतिशत र माछापुच्छ्रे बैंकको ३ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात कालिञ्चोक दर्शनको सेयरमूल्य ५८० रुपैयाँ ४६ पैसा कायम भएको छ भने माछापुच्छ्रे बैंकको सेयरमूल्य २५० रुपैयाँ ९७ पैसा कायम भएको छ।
बिहीबार कालिञ्चोकको सेयर प्रतिकित्ता ६२९ रुपैयाँ ८० पैसा र माछापुच्छ्रे बैंक प्रतिकित्ता २५८ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको थियो। सोही समायोजित मूल्यकै आधारमा अब साेमबार यी दुवै कम्पनीको कारोबार खुल्नेछ ।
प्रकाशित मिति : September 24, 2026 at 5:14 pm




