१४ कार्तिक २०८३, शुक्रबार | Sat Oct 31 2026

अपाङ्गता भएका व्यक्तिहरुको न्यायका सवालमा छलफल

-शर्मिला विश्वकर्मा 

१७ फागुन, काठमाडाैँ ।  नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको आयोजना तथा ओपन सोसाईटी फउन्डेसनको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुका लागि राष्ट्रिय न्यायिक प्रतिष्ठान र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको विषयमा काठमाडाैँमा एक छलफल कार्यक्रमको आयोजना गरियो ।

सो छलफलमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालकी उपाध्यक्ष टिका दाहालले राष्ट्रिय न्यायिक प्रतिष्ठान र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले आफ्ना तालिमहरुमा अपाङ्गता भएका व्यक्तिहरुका विभिन्न सवाललाई समावेश गर्नु पर्ने र ति निकायहरुसंग अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ सस्थाहरुले सक्दो सहयोग गर्न तयार रहेको बताउनु भयो ।

 

यसै क्रममा मानव अधिकारकर्मी तथा द्धन्द विष्लेषक शोभाकर बुढाथोकीले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुका सवाललाई न्यायिक निकायका तालिम पाठ्यक्रमहरुमा समावेश गर्न आवश्यक रहेको बताउदै यस विषयमा आफ्नो तर्फवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उक्त कार्यक्रममा नेपाल अपाङ्ग मानव अधिकार केन्द्रकी अध्यक्ष तारावदन सेडाईले प्रतेक न्यायिक निकायहरुमा अपाङ्गता भएका व्यक्तिहरुका सवालहरु समावेश गर्नको लागि सबै एक जुट भएर आवश्यक सल्लाहा सुझाव दिनु पर्ने कुरामा जोड दिनु भएको थियो ।

अपाङ्गता भएका व्यक्तिहरुका लागि राष्ट्रिय न्यायिक प्रतिष्ठान र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको विषय बस्तु सम्वन्धी छलफल कार्यक्रमको सहजिकरण नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका महासचिव जगदिश प्रसाद अधिकारि र बौद्धिक अपाङ्गता र अभिभावको राष्ट्रिय संघ का अध्यक्ष तथा अधिवक्ता मुकुन्दहरी दाहालले गर्नु भएको थियो ।

प्रकाशित मिति : March 1, 2019 at 6:47 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/