जग्गा नामसारी गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिने मालपोतका नासु कार्कीबिरूद्ध भ्रष्टाचार मुद्धा
१७ फागुन, महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टाेलीले जग्गा नामसारी गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिने मालपोतका नायब सुब्बा ढक बहादुर कार्कीबिरूद्ध भ्रष्टाचार मुद्धा दायर गरेकाे छ ।

मालपोत कार्यालय, महोत्तरी, जलेश्वरमा कार्यरत नायब सुब्बा ढक बहादुर कार्कीले जग्गा नामसारी गर्न सर्जमिन मुचुल्का गरेबापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवास, महोत्तरीबाट खटिएकाे टोलीले उनलाई सेवाग्राहीसँग १० हजार घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएकाे हाे ।
कार्कीबिरूद्ध १० हजार बिगाे दावी गरी भ्रष्टाचार आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्धा दायर गरेकाे हाे ।

प्रकाशित मिति : 16:29









