५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

आज सेयर बजार नखुल्ने, यस्तो छ कारण

५ असोज, काठमाडौं । सोमबार सेयर कारोबार नहुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)  को वेबसाइटमा रहेको बिदाको सूचीमा यस दिन ‘आकस्मिक बजार बन्द’ दिइएको छ। नेप्सेका अनुसार ७२ वटा कारोबार सदस्य (ब्रोकर) कम्पनीहरूको सर्भर राखिएको ‘डाटा हब प्रा.लि.’ मा असोज ४ गते बिहानदेखि नै प्राविधिक समस्या आएको थियो । उक्त समस्या समाधानका लागि निरन्तर पहल भइरहे पनि हालसम्म पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।

dainiki.com

यथास्थितिमा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने देखिएकोले आजको नियमित कारोबार सत्रलाई स्थगन गरिदिन स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत निवेदन दिएको सन्दर्भमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१)अनुसार आजको कारोबार स्थगित गरिएको नेप्सेले बताएकाे छ।

प्रकाशित मिति : September 21, 2026 at 11:23 am