४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

आजदेखि काठमाडौंका यी स्थानमा विद्युत आपूर्ति बन्द हुने

४ असोज, काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आजदेखि आगामी १० दिनसम्म चरणबद्ध रूपमा विद्युत आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले टेकु सबस्टेसनमा पुराना रिले हटाएर नयाँ रिले जडान तथा परीक्षण गर्नुपर्ने भएकाले काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति प्रभावित हुने जनाएको छ ।

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसनको ११ केभी प्यानलमा रिले रेट्रोफिट, एसएएस जडान तथा परीक्षणको काम गर्न लागेको हो ।

dainiki.com

उक्त कार्यका कारण १३२ केभी टेकु सबस्टेसनबाट विद्युत आपूर्ति हुने विभिन्न वितरण केन्द्रअन्तर्गतका फिडरबाट आपूर्ति हुने क्षेत्रमा असोज ४ गतेदेखि चरणबद्ध रूपमा विद्युत सेवा अवरुद्ध वा प्रभावित हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार असोज ४ गतेदेखि असोज १४ गतेसम्म काठमाडौंका विभिन्न क्षेत्रमा फरक-फरक समयमा विद्युत आपूर्ति प्रभावित हुनेछ ।

प्रकाशित मिति : September 20, 2026 at 12:19 pm