४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

गुडिरहेको विद्युतीय बसमा आगलागी

४ असोज, काठमाडौं । महेन्द्र राजमार्गमा गुडिरहेको एक विद्युतीय माइक्रोबसमा आगलागी भएको छ।  बर्दियाको बारबर्दिया नगरपालिका–७ रम्मापुरस्थित महेन्द्र राजमार्गमा गुडिरहेको विद्युतीय (ईभी) मिनि बसमा आइतबार बिहान आगलागी भएको हाे ।

बिहान करिब ६:५० बजे कोहलपुरबाट कैलालीतर्फ जाँदै गरेको सु.प.प्र ०१–००२ ज ४३३ नम्बर को भाडाको ईभी गुडिरहेको अवस्थामा एक्कासि आगलागी भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। घटनामा चालक र सहचालक सकुशल रहेका छन् भने गाडीमा रहेको नगद र कागजात जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

dainiki.com

गाडी चालक कैलालीको धनगढी उपमहानगरपालिका–३ निवासी ३८ वर्षीय नरेन्द्र नेगी रहेको प्रहरीले जनाएको छ । आगलागी हुँदा गाडीमा चालक र सहचालक मात्रै सवार भएकाले कुनै मानवीय क्षति भएको छैन । आगलागीबाट गाडीमा रहेका आवश्यक कागजात तथा ४२ हजार रुपैयाँ नगद जलेर नष्ट भएको छ । आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : September 20, 2026 at 11:47 am