पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि
३ असोज, काठमाडौँ । भोटेकोशी बाढीमा बेपत्ता भएका नयाँ पत्रिका दैनिकमा कार्यरत रहेका पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ । भदौ १० को भोटेकोशीको प्रलयकारी बाढीमा बेपत्ता भएका थामीको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

२४ दिनसम्म खोजी गर्दा पनि पत्ता नलागेपछि शनिबार कुशको शव बनाएर पशुपति आर्यघाटमा थामीको अन्त्येष्टि गरिएको परिवारले जनाएको छ । थामीको अन्त्येष्टिमा परिवारका सदस्यसहित पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो । केरुङ जान भन्दै थामी टिमुरे पुगेको समयमा भोटेकोशीको बाढीमा परेका थिए । थामीको श्रीमति र एक छोरी रहेका छिन ।
प्रकाशित मिति : September 19, 2026 at 1:03 pm




