सुनको मूल्यमा उच्च वृद्धि, कति पुग्यो तोलाको ?
२ असोज, काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला तीन हजार ६०० रुपैयाँ र चाँदी तोलामा १५० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख तीन हजार १०० रुपैयाँ खरिदबिक्री भएको छ। बिहीबार सुन प्रतितोला दुई लाख ९९ हजार ५०० रुपैयाँ खरिदबिक्री भएको थियो।
त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला चार हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : September 18, 2026 at 11:06 am




