राष्ट्रले एक उदयीमान नेता गुमायाे: नेता खनाल
१७ फागुन, काठमाडौँ । शुक्रबार टुडिँखेलमा आयोजित श्रद्धाञ्जली कार्यक्रमपछि नेता खनालले अधिकारीलगायत सातै जना नेपालका होनाहार नागरिकको दुर्घट्नामा ज्यान गएकोमा दुःख प्रकट गर्दै राष्ट्रले उदयमान नेता गुमाएकाे बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले स्व. रवीन्द्र अधिकारीले नेपाली राजनीतिका क्षेत्रमा पुर्याएको योगदानको सधै स्मरण भइरहेने बताएका छन् । कसैले कल्पना गर्न नसकेकाे घटना घट्याे भन्दै दुर्घटनामा ज्यान गुमाउन पुगेका रवीन्द्र अधिकारी एक उदयीमान नेता भएकाे खनालले बताएका छन् ।
प्रकाशित मिति : 11:37









