१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

रोजागारीका लागि जापान जान एन–४ तहको भाषा र सीप अनिवार्य, मार्चबाटै भाषा परीक्षणको तयारी

१७ फागुन, काठमाडाैँ । रोजगारीका लागि जापान जान एन–४ तहको भाषा र सीप अनिवार्य हुने भएको छ ।  जापान सरकार र नेपाल सरकारका अधिकारीले एन–४ तहको जापानी भाषा उत्तीर्ण हुनुपर्ने विषयमा सहमति जुटेको छ । एन–४ तहको भाषा केयर गिभरबाहेक अन्य काममा जानेको हकमा लागू हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीले बताए । उनका अनुसार जापान जानेले भाषाको साथै सम्बन्धित कामको अनुभव र सीप पनि सिकेको हुनुपर्छ यद्यपि कामदार लैजाने प्रक्रियालगायत सबै विषयको टुंगो श्रम सम्झाैतासँगै हुनेछ ।

अागामी अप्रिलदेखि नेपाली कामदार लैजाने भनिए पनि श्रम मन्त्रालय मार्चदेखि नै भाषा परीक्षणको प्रक्रिया थाल्ने तयारीमा जुटेको छ। श्रम सम्झाैता गर्न केही समय लाग्ने अवस्था देखिएकाले भाषा परीक्षणको प्रक्रिया सुरू गर्दै गर्ने तयारी गरिएको ती अधिकारी बताउँछन । जापानले विदेशी कामदारले गर्नुपर्ने कामका लागि १४ क्षेत्र तोकेको छ।

विगतमा जापानामा जिट्कोमार्फत प्रशिक्षार्थी कामदार जाने गर्थे। जिट्कोमार्फत जापान गएका कामदारसँग रोजगारदाता सन्तुष्ट हुन नसकेपछि केही समययता त्यसरी कामदार पठाउने प्रक्रिया रोकिएको छ। विद्यार्थी बनेर जापान जाँदा ठूलो लागत लाग्ने भएकाले नेपालले लामो समयदेखि जापानको रोजगारी खुलाउने प्रयास गर्दै आइरहेको थियो।

यो पनि पढ्नुहोस्

–डब्लुपिएस सिस्टममा जापान पठाए कामदारले बढी सुविधा पाउँछनः अनुजकुमार श्रेष्ठ

प्रकाशित मिति : March 1, 2019 at 11:36 am