सुनका गहना चोरी आरोपमा दीपेश बानेश्वरबाट पक्राउ
३१ भदौ, काठमाडौं । सुनका गरगहना चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको रामेछाप नगरपालिका-१ घर भएका २३ वर्षीय दीपेश मग्रान्ती छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
२९ भदौमा काठमाडौंको एक घरबाट उनले गरगहना चोरी गरेका थिए । त्यसपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु समेतबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनलाई काठमाडौं महानगरपालिका-१० बानेश्वरबाट पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट करिब १ सय ३८ ग्राम ६ सय १० मिलिग्राम तौल बराबरको सुनका विभिन्न गरगहना समेत बरामद गरेको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त बानेश्वर पठाइएको प्रहरीले जनाएकाे छ
प्रकाशित मिति : September 16, 2026 at 12:39 pm


