३१ भदौ २०८३, बुधबार | Wed Sep 16 2026

सिंहदरबारमा सर्वदलीय बैठक जारी

३१ भदौ, काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आह्वान गरेको बैठक सुरु भएको हो । बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको विषयमा छलफल हुने बताइएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा बैठकमा छलफल हुने रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

dainiki.com

आजको बैठकमा रास्वपाका सभापति रवि लामिछाने, महामन्त्री विपिन आचार्य, सहमहामन्त्री पुरुषोत्तम यादव, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबाट सभापति गगन थापा, नेकपा एमालेकी सचिव पद्मा अर्याल, नेपाली कम्युनिस्ट पार्टीबाट सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, नेता वर्षमान पुन, राप्रपाबाट नेता ज्ञानबहादुर शाही, जनमत पार्टीबाट अध्यक्ष डा. सिके राउत लगायत नेताहरू सहभागी छन् ।

प्रकाशित मिति : September 16, 2026 at 12:05 pm