सुनचाँदी दुवैको मूल्य बढ्यो , कतिमा हुँदैछ कारोबार ?
३१ भदौ, काठमाडाैं । नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ। यस दिन सुन तोलामा एक हजार ७०० रुपैयाँ र चाँदी तोलामा ८५ रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ८०० रुपैयाँ खरिदबिक्री भएको छ। मंगलबार सुन प्रतितोला तीन लाख १०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला चार हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : September 16, 2026 at 11:08 am


