३१ भदौ २०८३, बुधबार | Wed Sep 16 2026

कुमारी बैंकले घोषणा गर्याे लाभांश

३१ भदाै, काठमाडाैं । कुमारी बैंकले लाभांश  घोषणा गरेकाे छ । बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हाे । बैंकको सञ्चालक समितिको भदौ ३० गते मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि चुक्ता पुँजीको २.१०५३ प्रतिशत नगद लाभांश (करसहित) सेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।

dainiki.com

आव २०८२/८३ को वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि राष्ट्र बैंकमा पेस गर्ने र साधारणसभाबाट पारित भएपश्चात लाभांश वितरण गर्ने बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण तथा लाभांश प्रस्ताव स्वीकृत भएपछि आगामी वार्षिक साधारण सभाबाट पारित गराई बैंकका सेयरधनीलाई हालको चुक्ता पूँजीको २.१०५३ प्रतिशत नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने प्रस्ताव गरिएको बैंकले जनाएको छ।  बैंकले बोनस सेयर भने प्रस्ताव गरेको छैन ।

प्रकाशित मिति : September 16, 2026 at 10:19 am