रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
३० भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन् ।
सभापति लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक बुधबार बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्ने रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा सर्वदलीय बैठकमा छलफल हुने खरेलले बताए ।
यस्तै, बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको विषयमा छलफल हुने बताइएको छ ।
प्रकाशित मिति : September 15, 2026 at 8:19 pm


