२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

नेशनल लघुवित्तको अध्यक्षमा क्षितिज खड्का नियुक्त

३० भदाै, काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा क्षितिज खड्का नियुक्त भएका छन्। यसअघि नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको प्रतिनिधित्व गर्दै संस्थाको सञ्चालक तथा अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका रविन सिजापती बैंकबाट अलग भई अर्को वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएपछि अध्यक्ष पद रिक्त भएको थियो।

dainiki.com

यसैबीचमा भदौ २९ गते बसेको सञ्चालक समितिको २१२औं बैठकको सर्वसम्मत निर्णयबाट हाल कायम सञ्चालकहरु मध्येबाट क्षितिज खड्कालाई अध्यक्ष चयन गरिएको कम्पनीले जानकारी दिएको छ।

प्रकाशित मिति : September 15, 2026 at 10:32 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/