नबिल बैंकको २४ हजार कित्ता सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?
३० भदौ, काठमाडौं । नबिल बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २४ हजार १५५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकशित भएको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

साथै, निर्धारित समयभित्र उक्त सेयर खरिदका लागि कुनै आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
प्रकाशित मिति : September 15, 2026 at 9:23 am


