२६ भदौ २०८३, शुक्रबार | Fri Sep 11 2026

ग्लोबल आइएमई बैंकका डिजिटल सेवा बन्द हुने

२६ भदौ, काठमाडौं । ग्लोबल आइएमई बैंकका सम्पूर्ण डिजिटल बैंकिङ सेवा अवरुद्ध हुने भएका छन् । बैंकले एक सूचना जारी गर्दै बैंकका डेटा सेन्टर स्थानान्तरणसम्बन्धी काम गर्नुपर्ने भएकाले भदौ २७ गते शनिबार राति १० बजेदेखि भदौ २८ गते आइतबार बिहान ६ बजेसम्म करिब ८ घण्टाका लागि डिजिटल बैंकिङ सेवा अवरुद्ध हुने जनाएको छ ।

उक्त अवधिमा बैंकका एटीएम, कार्ड, मोबाइल बैंकिङ, अनलाइन रेमिट्यान्स, अनलाइन खाता खोल्नेलगायत सम्पूर्ण डिजिटल सेवा सञ्चालनमा नआउने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : September 11, 2026 at 5:51 pm