२६ भदौ २०८३, शुक्रबार | Fri Sep 11 2026

माछापुच्छ्रे बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

२६ भदाै, काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडले लाभांश घोषणा गरेकाे छ । बैंकले कम्पनीको सञ्चालक समितिको ५६४औँ बैठकले आफ्ना सेयरधनीलाई कुल ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हाे।

 बैंकले ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (करसहित) गरी ६ प्रतिशत लाभांश दिएको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : September 11, 2026 at 5:37 pm