सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ काराेबार ?
२६ भदौ, काठमाडौं। शुक्रबारको कारोबारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । आज सुन तोलामा चार हजार ८०० रुपैयाँले ओरालो लागेको हो । आज छापावाल सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने सुनको भाउ ३ हजार ४ सय रुपैयाँले बढेको थियो ।

यसैगरी, चाँदीको मूल्य आज तोलामा २५५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति : September 11, 2026 at 11:08 am


