२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

ग्लोबल आइएमई बैंकमा आगलागी, विवरण आउन बाँकी

१६ फागुन, चितवन ।  नारायणगढको शहीदचोकस्थित ग्लोबल आइएमई बैंकमा आज अपराह्न ३ बजे आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागी विद्युत् चुहावट भएर भएको हो ।

स्थानीयवासी र दमकलको सहयोगले अपराह्न ३ः३५ मा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट के कति क्षति भयो भन्ने वास्तविक विवरण आउन सकेको छैन ।

प्रकाशित मिति : 17:20