सुनको मूल्यमा उच्च वृद्धि, कति पुग्यो तोलाको ?
२५ भदौ, काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यमा उच्च वृद्धि भएको छ। यस दिन सुन तोलामा तीन हजार ४०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला ३ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा १०५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ८५५ रुपैयाँ पुगेको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : September 10, 2026 at 11:06 am


