२४ भदौ २०८३, बुधबार | Wed Sep 9 2026

संसदमा जेनजी शहीदकी आमाको प्रश्नः शहीदले न्याय कहिले पाउँछन् सरकार ?

२४ भदाै, काठमाडाैं । जेनजी शहीदकी आमा तथा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले सरकारले शहीदका परिवारलाई न्यायको अनुभूति दिलाउन नसकेको भन्दै प्रश्न गरेकी छिन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खतिवडाले जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदले न्याय कहिले पाउँछन् भन्दै सरकारसँग प्रश्न गरेकी हुन् ।

dainiki.com

‘जेन-जी आन्दोलन भएको एक वर्ष भयो । देशले शहीद पायो, एकदिन बिदा पायो । निमन्त्रणा दिएर कि त आइदिनुस्, केही न केही बोल्दिनुस्, केही त जेनजी शहीदको नाममा केही लेखिदिनुस् भनेर बिहान सात बजेदेखि भन्दा-भन्दा बेलुकी सात बजे स्टाटस त आयो । अन्तमा एक वर्षपछि शहीदलाई श्रद्धाञ्जली,’ उनले भनिन्, ‘अब म यो सरकारलाई दुईवटा प्रश्न सोध्न चाहन्छु । शहीदले न्याय कति वर्षमा पाउँछन् सरकार ? शहीद परिवार र घाइतेका परिवारलाई भेट्न कति वर्ष लाग्छ अब ?’

प्रकाशित मिति : September 9, 2026 at 3:59 pm