२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

सबैै शवकाे सनाखत नभएकाले श्रद्धाञ्जलीकाे कार्यक्रम सर्याे, भाेलि बिहान ८-११ बजेसम्म टुँडिखेलमा राखिने

१६ फागुन, काठमाडौं । हेलिकप्टर दुर्घटनाका सबै शवकाे पहिचान हुन नसक्दा श्रद्धाञ्जली कार्यक्रम सरेकाे छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार तथा नेकपा केन्द्रीय सदस्य विष्णु रिमालले फेसबुक मार्फत श्रद्धाञ्जली कार्यक्रम सरेकाे जानकारी दिए ।

यससँगै हेलिकोप्टरमा ज्यान गुमाएका मन्त्री रवीन्द्र अधिकारी सहित अन्यको शव भोलिमात्रै श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिने भएको छ। शुक्रबार ८ बजेदेखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि शव राखिने छ।

पोष्टमार्टमको कामले समय लिएको हुँदा ताप्लेजुङ दुर्घटनामा दिवंगत मन्त्री सहितका व्यक्तित्वप्रति श्रद्धान्जली कार्यक्रम भोलि बिहान ८-११ बजेसम्म हुने रिमालले बताएका छन । त्यसपछि अधिकारीको शव पोखरा लगिने छ। अन्यको शव आफन्तलाई बुझाइने छ।

प्रकाशित मिति : 16:18