१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

परिवारको सदस्यजस्तो असह्य पीडा महसुस भएकाे छ: प्रधानमन्त्री ओली

१६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार भएकाे ताप्लेजुङ हेलिकोप्टर दुर्घटनाबाट आफूलाई असह्य पीडा महसुस भएको बताएका छन्। उनले फेसबुक पेजबाट यस्तो बताएका हुन ।

फेसबुकमा प्रधानमन्त्रीले लेखेका छन्, ‘हामीले देखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना साकार पार्ने एक सारथीका रूपमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी,  यती एयरलायन्सका प्रबन्ध निर्देशक एवं अब्बल पर्यटन व्यवसायी आङ् छिरिङ शेर्पासहित तेह्रथुमको चुहानडाँडामा नयाँ एयरपोर्टको संभाव्यता अध्ययनको लागि जानु भएको थियो।

यस दुर्घटनाबाट मैले परिवारका सदस्य झैं असह्य पीडा महशुस गरेको छु।’ प्रधानमन्त्री ओलीले  दुर्घटनामा  निधन भएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रकाशित मिति : February 28, 2019 at 4:06 pm