आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
२४ भदौ, काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट भएको छ। यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलाको ४० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला तीन लाख दुई हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार सुन प्रतितोला तीन लाख पाँच हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

आज चाँदी प्रतितोला चार हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला चार हजार ७९० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति : September 9, 2026 at 11:09 am


