एसपीलाई धम्क्याउने नेकपा नेता अशोक यादव पक्राउ
२३ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता अशोक यादव पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका तत्कालीन प्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार खड्कालाई धम्क्याएको तथा गालीगलौज गरेको आरोपमा यादव पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार २०८२ साल असारमा तत्कालीन एसपी खड्कालाई गालीगलौज तथा धम्की दिएको आरोपमा यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आपराधिक उपद्रवसम्बन्धी मुद्दा दर्ता भएको थियो ।त्यसपछि प्रहरीले खोजी गर्दा उनी फरार भएका थिए । अहिले भने उनी पक्राउ परेको हुन् । प्रहरीलाई धम्क्याउँदा उनी जसपाको नेता थिए। अहिले भने उनी नेकपा प्रवेश गरिसकेका छन्।
प्रकाशित मिति : September 8, 2026 at 5:53 pm


