स्रोत नखुलेको २१ लाख ६० हजार नगदसहित दुई जना पक्राउ
२३ भदौ, काठमाडाैं । स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ परेका छन् । प्रतापपुर गाउँपालिका-९ बेलाटारीबाट स्रोत नखुलेको नगद २१ लाख ६० हजार रूपैयाँ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-६ गुठीप्रसौनी बस्ने २५ वर्षीय अंकित गुप्ता र २० वर्षीय अभिनन्दन गुप्ता रहेका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरीले यूपी ५६ बीएच ६५५६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : September 8, 2026 at 5:16 pm


