१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

मन्त्री अधिकारीको श्रद्धाञ्जलीसभा ३ बजे टुँडिखेलमा, उपस्थितिका लागि नेकपाको अपिल

१६ फागुन, काठमाडाैँ । बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री तथा नेकपा केन्द्रीय सदस्य रविन्द्र अधिकारीको श्रद्धाञ्जलीसभा ३ बजे टुँडिखेलमा हुने भएको छ । नेकपाका सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले रविन्द्र अधिकारीसहितका अन्य मृतकको शव श्रद्धान्जलीका लागि अपरान्ह ३ बजेदेखि सैनिक मञ्च टुँडिखेलमा राख्ने निर्णय गरेको हो ।

नेकपाका महासचिव विष्णु पाैडेलका अनुसार त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिसकेपछि श्रद्धान्जलीका लागि पार्थिव शरीर सैनिक मन्च टुँडिखेलमा राखिने छ । नेकपाले श्रद्धाञ्जलीसभामा उपस्थितिका लागि सबैमा अपिल समेत गरेको छ । नेकपाले दुर्घटनामा दिवंगत भएका व्यक्तिका परिवारलाई आवश्यक सहयोग गर्न सरकारलाई अनुरोध गरेको छ । नेकपाले मन्त्री अधिकारीको अन्त्येष्टि भने फागुन १७ गते उनको गृहनगर पोखरामा गर्ने जनाएको छ । नेकपाले फागुन २३ गते पार्टी केन्द्रीय कार्यालयमा श्रद्धान्जलीसभा आयोजना गर्ने निर्णय समेत गरेको छ ।

अधिकारीको शव भोलि पोखरा प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जलीका लागि राखिनेछ। त्यसपछि नयाँबजार, महेन्द्रपुलको बाटोबाट रानी पौवा हस्पिटल चोक हुँदै रामघाटमा पुर्‍याएर राजकीय सम्मानसाथ अन्त्येष्टि गरिने छ। त्यस्तै नेकपाको गण्डकी प्रदेश अन्तर्गतका सबै जिल्लामा फागुन १९ मा शोकसभा गर्ने भएको छ।

प्रकाशित मिति : February 28, 2019 at 1:47 pm