२३ भदौ २०८३, मंगलबार | Tue Sep 8 2026

रसुवा भोटेकोशी जलविद्युतको केबल टनेलमा एउटा शव फेला

२३ भदौ,  काठमाडौं । रसुवा भोटेकोसी जलविद्युत आयोजनाको सुरुङमा एक जनाको शव फेला परेको छ।  भोटेकोसी बाढीका कारण सुरुङभित्र हराइरहेकाहरूको खोजी गर्ने क्रममा रसुवा जिल्लामा रहेको १२० मेगावाटको रसुवा भोटेकोशी जलविद्युत आयोजनाको केबल टनेलमा आज एउटा शव फेला परेको छ।

dainiki.com

आयोजनाको रोङ्गास्थित केबल टनेलमा ड्रोनको प्रयोग गरी खोजतलास गर्दा एउटा शव फेला परेको नेपाली सेनाले जनाएको छ।

 

प्रकाशित मिति : September 8, 2026 at 4:43 pm