२३ भदौ २०८३, मंगलबार | Tue Sep 8 2026

गाउँपालिका कार्यालयमा आगजनी गर्ने दुई जना पक्राउ

२३ भदाै, काठमाडौं । हुम्लामा गाउँपालिका कार्यालयको भवनमा आगजनी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताँजाकोट गाउँपालिका–४ गल्लाबाडा बस्ने करिब ४७ वर्षीय कृष्णचन्द्र जैसी र सोही गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत ४५ वर्षीय धनराज ढकाल रहेका छन् ।

भदौ ७ गते राति करिब १ बजे ताँजाकोट गाउँपालिका–३ टाकुरेस्थित गाउँपालिकाको कार्यालयमा आगलागी भएको थियो । घटनाबारे जानकारी प्राप्त भएपछि अनुसन्धानका क्रममा घटनामा संलग्न रहेका उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएककाे छ ।

प्रकाशित मिति : September 8, 2026 at 2:18 pm