२३ भदौ २०८३, मंगलबार | Tue Sep 8 2026

सरकारविरुद्ध बोलेपछि जेनजी दिवसको कार्यक्रममै प्रहरीले समात्यो जेनजी आन्दोलनका घाइते

२३ भदौ, काठमाडौं । जेनजी सहिद दिवसका अवसरमा आयोजित कार्यक्रमका सरकारको विरोध गर्दै आवाज उठाएकाे आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।  मंगलबार पवन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हाे ।

dainiki.com

नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनमा गृहमन्त्रीसहित मन्त्रीहरू सहभागी कार्यक्रममा विरोध जनाएपछि खड्कालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन् । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका युवाका लागि केही नगरेको भन्दै खड्काले कार्यक्रममा आवाज उठाएका थिए । आफूलाई बोल्न दिनुपर्ने माग गर्दै विरोध जनाएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । खड्का जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्ति हुन् ।

प्रकाशित मिति : September 8, 2026 at 2:06 pm