संसद बैठक सूचना टाँसी स्थगित, स्वर्गीय अधिकारीले सांसदको जवाफ दिने कार्यसूची थियो
१६ फागुन, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नगरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीसहित सात जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको शोकमा सरकारले राष्ट्रिय शोकको घोषणा गरेका कारण अाजको प्रतिनिधिसभा बैठक सूचना टाँस गरी स्थगित गरिएको छ । शोकका कारण बैठक स्थगित गरिएको सूचनामा उल्लेख गरिएको छ ।
बुधबार दिउँसो ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, यती एयरलाइन्सका प्रवन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका अंगरक्षक अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, प्राधिकरणका निर्देशक धुव्रदास भोछिभया र हेलिकप्टर क्याप्टेन प्रभाकर केसीको निधन भएको थियो।

आजको प्रतिनिधिसभा बैठकमा मन्त्री अधिकारीले सांसदहरूका लिखित र मौखिक प्रश्नको जवाफ दिने कार्यसूची तयार भएको थियो। बुधबार बिहान बसेको कार्यव्यवस्था समितिले मन्त्री अधिकारीलाई सांसदका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची तय गरेको थियो । अब अर्को बैठक फागुन १७ गते शुक्रबार ३ बजे बस्ने सूचना जारी गरिएको छ ।

प्रकाशित मिति : 13:22









