सुनको मूल्यमा उच्च वृद्धि, कतिमा हुँदैछ कारोबार ?
२३ भदौ, काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला तीन हजार ५०० रुपैयाँ र चाँदी तोलाको १०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला तीन लाख पाँच हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबार सुन प्रतितोला तीन लाख एक हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
आज चाँदी प्रतितोला चार हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला चार हजार ६९० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति : September 8, 2026 at 10:58 am


