३ मंसिर २०८३, बुधबार | Thu Nov 19 2026

भोटेकोशी बाढीपीडितका लागि नेपाल टेलिकमका कर्मचारीद्वारा २ करोड २ लाखभन्दा बढी सहयोग

https://www.muktinathbank.com.np/online/loan-application

२२ भदौ, काठमाडौं। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित विभिन्न जिल्लाका नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल टेलिकममा हाल कार्यरत सम्पूर्ण कर्मचारीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड २ लाख २६ हजार ६६ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको छ ।

आज सोमबार नेपाल टेलिकमका सम्पूर्ण कर्मचारीहरूको तर्फबाट एक कार्यक्रमका बिच प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले उक्त सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेकी हुन् ।रकम हस्तान्तरण कार्यक्रममा नेपाल टेलिकम सञ्चालक समितिका सदस्य एवम् अर्थ मन्त्रालयका सहसचिव टंक प्रसाद पाण्डेय, सञ्चालक समिति सदस्य लोक बहादुर कटुवाल, प्रमुख वित्तीय अधिकृत द्वारिका प्रसाद पौडेल र प्रमुख मानव संसाधन अधिकृत निर्झर भट्टराईको समेत उपस्थिति थियो ।

यसअघि पनि बाढी, पहिरो, भूकम्पलगायत प्राकृतिक विपद्का समयमा कम्पनीमा कार्यरत कर्मचारीहरूले व्यक्तिगत तथा सामूहिक रूपमा आर्थिक सहयोग गर्दै आएका थिए । विपद्बाट प्रभावित नागरिकलाई राहत पु¥याउने उद्देश्यले नेपाल टेलिकमका विभिन्न तहमा कार्यरत कर्मचारीहरूको तलवबाट तहगत योगदानका आधारमा रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । यस सहयोगले विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका कार्यमा केही हदसम्म सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नेपाल टेलिकमले संस्थागत रुपमा कम्पनीको तर्फबाट समेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छुट्टै रकम केही दिनभित्रै उपलब्ध गराउने छ । विपद्का समयमा सञ्चार सेवाको निरन्तरता कायम गर्न र राहत, उद्धार तथा पुनःस्थापना कार्यमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्न समेत कम्पनीले प्रतिवद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति : September 8, 2026 at 10:02 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/