खसी भन्दै बाख्रीको मासु बेच्ने नुवाकोटका अरुणसहित ३ जना पक्राउ
२२ भदौ, काठमाडौं । खसीको मासु भन्दै बाख्रीको मासु बेचेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट घर भइ सिफल बस्ने १८ वर्षीय अरुण कार्की, भारतको सितामणी घर भइ काठमाडौं रातोपुलका २५ वर्षीय महमद इम्रान मन्सुरी र मकवानपुरको हेटौडाका २१ वर्षीय सुजन रसाइली छन् ।

उनीहरूले रातोपुल नजिक सफिक मासु पसल खालेर खसीको मासु भन्दै प्रतिकिलो १८ सय रुपैयाँका दरले बाख्रीको मासु बेचेको प्रहरीले बताएको छ । प्रहरीले उक्त पसलबाट बाख्रीको मासु र अर्को काट्न ठिक्क पारेको बाख्री समेत नियन्त्रणमा लिइएको छ । पक्राउ परेका तीनै जनालाई प्रहरी वृत्त गौशालामा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : September 7, 2026 at 12:25 pm


